सत्तारुढ दल संविधानसभालाई विभाजित गर्न अग्रसर : प्रचण्ड

माघ १७,काठमाडौँ-एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले संविधानसभा नछाडी सहमतिबाटै यही संविधानसभाबाट संविधान बनाएरै छाड्ने प्रतिवद्धता जनाएका छन् । संविधान निर्माणमा दबाव  दिने अभियान लिएर प्रचण्ड निवास पुगेका पत्रकार महासंघका पदाधिकारीलाई प्रचण्डले पत्रकारलाई पनि दलगत हुनु भन्दा सहमतीय संविधान बनाउन दाबाब सृजना गर्न आग्रह गरेका छन् ।

सो अवसरमा प्रचण्डले संविधानसभालाई विभाजित गरेर मुटभेड तर्फ लैजान सत्तारुढ दल अग्रसर दखिएको आरोप लगा ।  लाजिम्पाटस्थित आफ्नो निवासमा पत्रकार महासंघका पदाधिकारीसँग कुरा गर्दै प्रचण्डले १२ बूँदे समझदारी तथा शान्ति सम्झौताको मर्म र भावनाबाट सत्तारुढ दलहरु पछि हटिरहेको अवस्थामा जनताले चाहे जस्तो संविधान बन्न नसक्ने तर्क गरे ।

प्रचण्डले  फेरी संविधानसभा विगठन भए मुलुक भयानक दुर्घटनामा जाने बताउनुभयो । संविधानसभा जनयुद्धको जगमा निर्माण भएकाले जनयुद्धको मर्म र भावनाअनुरुपको संविधान निर्माण हुनुपर्ने उनको  भनाई थियो ।