दोलखामा जन्ती बोकेको बस दुर्घटना हुँदा १ बालिकाको मृत्यु, १९ घाइते

माघ १७,रामेछाप- दोलखाको मिर्गे गाउँ विकास समिति वडा नम्बर–२ जोइमालामा जन्ती लिएर फर्किंदै गरेको बस शनिबार दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।

दुर्घटनामा परी चार वर्षीया बालिका कृतिका खड्काको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा १९ जना घाइते भएका र ८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । गम्भीर घाइतेहरुको स्थानीय च्छोेरोल्पा अस्पतालमा उपचार भइरहेको छ ।

दोलखाको मिर्गेबाट जन्ती बोकेर रामेछापको बेताली जाँदै गरेको ना२ख ६५७९ नम्बरको बस सडकबाट ५० फिट तल खसेर दुर्घटना भएको जनाइएको छ ।