अशिष्माको कोकाकोला फिगर हेर्न लट्ठ प्रदिप

काठमाण्डौँ-संचारकर्मी सुब्रत आचार्यद्धारा निर्देशिच चलचित्र ‘अधकट्टी’को नयाँ गीत रिलिज भएको छ । ‘फिगर कोकाकोला’ बोलको गीतमा अशिष्मा नकर्मी र प्रदीप बास्तोलालाई फिचरिंग गरिएको छ । बसन्त सापकोटाको संगीत, प्रह्लाद तिमिल्सिना र जेनिशा पौडेलको स्वर रहेको यस गीतलाई किरण माइकलले लेखेका हुन् । ‘अधकट्टी’मा प्रदिप, गौरव, आशिष्मा, रिश्ता र विल्सन विक्रम राईको मुख्य अभिनय रहेको छ ।

नम्रता श्रेष्ठ र गजित बिष्ट पनि चलचित्रमा अतिथि भुमिका देखिदै छन् । चलचित्रमा कविराज गहतराजको नूत्य, बनिश शाहको सम्पादन, रोशन श्रेष्ठको एक्शन, हरि घले लामाको छायांकन रहेको छ । पढाईमा कमजोर दुई युवकले पैसा कमाउने चक्करमा लाग्दा भोगेका समस्याहरुलाई कमेडी शैलीमा चलचित्रमा उतारिएको बताइएको छ ।