कृष्ण धरावासीको संघर्षपुर्ण जीवन गाथा

वि सं  २०१७ सालमा जन्मेका साहित्यकार हुन् कृष्ण धरावासी ।  नेपाली भाषाका प्रखर लेखक धरावासी कथा विधामा र उपन्यासमा कलम चलाउन रूचाउँछन्। उनले वि।सं। २०६२ सालमा राधा उपन्यासको निम्ति मदन पुरस्कार पाए। पाँचथरको अमरपुर गाउँमा जन्मेका  उनको खास नाम कृष्णप्रसाद भट्टराई हो। धरावासीका पिताको नाम टीकाराम र माताको नाम अम्बिका हो। उनका घरमा चार दिदी-बहिनी र दुई दाजुभाई जन्मे। उनी जेठो छोरा हुन्। उनका बुबा ज्योतिष र अमरपुरको धुले स्कुलको शिक्षक थिए। बुबा अपांग थिए। उनका कुर्कुच्चा टेकिन्नथे। उनी बुबासँग त्यहि स्कुल जान्थे। अमरपुर गाउँमा तामाङको ठूलै बस्ती थियो। बेलुका बुबाले घरमा पढाउँथे। उनी उत्तिको पढ्न मन गर्दैनथे । उनका बुबाले हजुरबुबासँग अंश मागे। त्यसबेला सरकारले जग्गाका लागि कागज दिंदैनथ्यो।

हजुरबुबाले पाखा गरेर कमाइ खानु भने। तर पाखामा धान हुँदैनथ्यो। कोदो, मकै, फापर हुन्थ्यो। धानको भात खान मुस्किल थियो। धान भनेको रहरको अन्न मानिन्थ्यो। कोदोलाई अपवित्र अन्न मानिन्थ्यो तर धानलाई पवित्र अन्न मानिन्थ्यो। भट्टराई परिवार वि।सं। २०२४ सालमा मधेशतिर लाग्यो। हिड्नुअघि अरूको ऋण तिर्न घरमा भएका खड्कुला, गाग्रा, भाडा आदि अरुलाई दिए। दिदी ११ वर्ष, उनी ७ वर्ष, दुईटी बहिनी क्रमशः ५ र ३ वर्षका थिए। उनीहरूको सम्पत्तिका नाममा दुईटा भरियालाई हुने सामानमात्र भए। दिदी, उनी र ५ वर्षकी बहिनी हिड्न सक्थे।

३ वर्षकी बहिनीलाई आमाले बोकिन्। हिंडेको साँझ हिवाँखोलाको बगरमा पुगे। पुसको बेला थियो। स्याँठ चलेको थियो। त्यहि बास बसे। भोलीपल्ट खोला तरे। तर कुकुर खोलो तरेन। घर छाड्दा नरोएको भट्टराई परिवार कुकुरले खोला नतर्दा रोए। भट्टराई परिवार इलामको फिदिम पुगे। घर छाडेको पाँच दिनमा साङ्रुम्बा पुग्यो। त्यहाँ मामाघर थियो । मामाहरूको आर्थिक अवस्था खासै राम्रो थिएन। पछि बुबाले कृष्णलाई लिएर मधेश झरे। झापा गए। काम के गर्ने रु बालबच्चा कसरी पाल्ने भनेर खोजेर उनका बुबा थाक्नुभयो। खेती गर्नबाहेक केही काम भएन। बुबा अपांग भएकाले निराश भए।

अब पहाड फर्कने भने र बाबु छोरा फिरे। उताबाट आमाहरू भाई(बहिनी लिएर आउँदै रहिछन्। उनीहरूको बाटामा भेट भयो। उनका बुबा र आमाबीच भनाभन भयो। उनकी आमाकै करले भट्टराई परिवार मधेश नै गयो। उनी ९ वर्षको भएपछि शनिश्चरेको प्राथमिक स्कुल पढ्न थाले। उनी कक्षा ३मा पढ्दा उनका नयाँ साथी आए। उनी राम्रा र गोरा थिए। उनी सञ्जीव उप्रेती थिए। राम्रो परिवारका थिए। राम्रा किताब पढ्थे। उनकै सँगतले कृष्ण पढ्न र लेख्न थालें। वि।सं। २०३३ सालमा उनका पिताजी बिते। त्यसपछि उनीहरूको झुप्रो जल्यो। परिवारका सबै बाँच्न सके। जेथा सखाप भयो। उनले सञ्जीवलाई चिठी लेखेर पठाए। सञ्जीवका पिता डा। शंकर उप्रेतीले पाँच सय रूपैयाँ दिए।

भट्टराई परिवार सबैथोक किन्न भ्याए। कृष्णले वि।सं। २०३४ सालमा एस।एल।सी। दिए। दोस्रो श्रेणीमा पास गरे। उनले स्नातकसम्मको शिक्षा हासिल गरेका छन्। उनकी पत्नी सिता पोख्रेरलको वि।सं। २०६८ सालमा निधन भयो। उनले सुदूरपूर्वी तेह्रथुम जिल्लाको आठराईस्थित ह्वाकुकी मञ्जु विमलीसँग विसं २०६९ सालमा दोस्रो विवाह गरे। उनको पहिलो रचना वि सं २०३३ सालमा सूर्योदय साप्ताहिकमा कविता प्रकाशित भएको थियो। उनका पुस्तकहरूः बालक हराएको सूचना, विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरू, समालोचना, नारीभित्र त्यस्ता के छ हजुर, शरणार्थी  (उपन्यास), आधा बाटो (उपन्यास), झोला सती प्रथामा आधारित (कथासँग्रह), आँधी नआउने घर, राधा , पाण्डुलिपी लगायत २ दर्जन बढी कृति प्रकाशित छन् ।

कृषि विकास बैंकको जागीर छोडेर पुर्णकालीक लेखक बनेको धराबासी हाल अमेरीका बस्दै आएका छन् । प्रवासी नेपाली मञ्जु बिमली सँग दोश्रो बिवाह गरेका उनी अहिलेपनि लेखन कार्यमा सक्रिय छन् ।