करिश्माले फेरी पनि रोजीन राजेश हमाल

काठमाण्डौ-अभिनेत्री करिश्मा मानन्धरले नयाँ चलचित्र बनाउने भएकी छिन् । यसअघि ‘कस्तुरी’, ‘ढुकढुकी’ र ‘बाबुसाहेब’ निर्माण गरीसकेकी करिश्माले फागु बनाउने भएकी हुन् ।  राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि करिश्मा मानन्धरले निर्माण गर्न लागेको चलचित्र ‘फागु’को औपचारिक निर्माण घोषणा गरिएको छ ।

चलचित्र ‘फागु’मा शिल्पा पोखरेल, नवनायक सुवास पराजुली, राजेश हमाल, गौरी मल्ल, टीका पहारी, बसन्त भट्ट लगायतको अभिनय रहनेछ । सम्झना उप्रेती रौनियारले निर्देशन गर्ने चलचित्र ‘फागु’लाई नायिका करिश्मा मानन्धरले निर्माण गर्नेछिन् ।

फागुन १ गतेबाट छायाँकन सुरु हुने ‘फागु’ को विरगञ्ज र काठमाडौंबाट छायाँकन सुरु हुन्छ भने चलचित्रमा बसन्त सापकोटाको संगीत, रामशरण उप्रेतीको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन रहनेछ । चलचित्रमा गोविन्द राईको नृत्य निर्देशन र वनिश शाहको सम्पादन रहने छ ।

राजधानीमा कानुनविद सपना प्रधान मल्लले नरिवल फोरेर चलचित्रको औपचारिक शुभमुहुर्त गरिएकी थिइन् । कार्यक्रममा बोल्दै नायिका करिश्मा मानन्धरले चलचित्र फागु दर्शकको चलचित्र बन्ने दाबी गरिन् ।