भारतले ६६औं गणतन्त्र दिवस मनाउँदै

काठमाडौं- भारतले आज आफ्नो ६६ औं गणतन्त्र दिवस मनाउँदैछ । नयाँ दिल्लीमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाउन लागेको हो । सन् १९५० जनवरी २६ का दिन भारतमा नयाँ संविधान लागु भएको स्मरणमा भारतले गणतन्त्र दिवस मनाउँदै आएको छ । अहिले केहीबेरमा औपचारिक कार्यक्रम शुरु गरिने जनाइएको छ ।

गणतन्त्र दिवसको प्रमुख अतिथि बन्न अमेरिकाका राष्ट्रपति बाराक ओबामा हिजै भारत आइपुगी सक्नु भएको छ । उहाँ ३ दिने भ्रमणका लागि आउनु भएका ओबामासँगै प्रथम महिला मिचेल ओबामा पनि भारत आउनु भएको छ । भारतमा गणतन्त्र दिवस र ओबामाको भ्रमणका कारण सुरक्षा व्यवस्था कडा पारेको बिबिसी हिन्दीले लेले ओवामाको सुरक्षाका लागि हजारै सुरक्षाकर्मी खटाएको छ । राजधानी नयाँ दिल्लीलाई सात तहमा कडा सुरक्षाको व्यवस्थापन गरिएको छ ।
यसैबीच भारतको गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री सुशिल कोइरालाले समकक्षी नरेन्द्र मोदीलाई बधाइ तथा शुभकामना दिनुभएको छ । यस्तै नेपालका लागि भारतीय राजदुत रञ्जित रे ले पनि दिवसको अवसरमा शुभकामना दिनुहुँदै नेपालसँगको सम्बन्ध थप सुमधुर बनाउँदै आर्थिक र तथा भौतिक संरचना निर्माणमा भइरहेको सहकार्य र सहयोग थप गर्दै लैजाने बताउनु भएको छ ।