स्थानीयबासिन्दा र दलहरुको विरोधपछि सडक नापजाँच ठप्प

माघ १२ ,कपिलवस्तु- कपिलवस्तुको सदरमुकाम तौलिहवाको सडक अतिक्रमण हटाउन योजना अनुरुप सडक क्षेत्रको नाप नक्सा गर्ने कार्य स्थानीयबासीन्दा र दलहरुको विरोध पछि रोकिएको छ। एक महिना अघि क्षेत्रीय प्रशासन कार्यालयको कडा निर्देशन पछि सडक क्षेत्रको अतिक्रमण हटाउने कार्य तत्काल सुरु गर्न स्थानीय प्रशासन र सडक कार्यालयलाई दिएपनि दल तथा स्थानीयको चर्को बिरोधपछि तीन दिनदेखि नाप्ने कार्यसमेत रोकिएको सडक कार्यालयका प्रमुख बावुराम सापकोटाले बताउनुभयो । सडकका कर्मचारीले नाप जाँच गरी चिन्ह लगाउने काम गरेपछि बिरोध आएको सडक कार्यालयका प्रमुख सापकोटाले बताउनुभयो । सर्वदलीय सहमति र स्थानीय प्रशासनको सहयोग बिना आफुहरुले मात्र जबरजस्ती काम अघि बढाउन नसक्ने सडक कार्यालयका प्रमुख सापकोटाले बताउनुभयो । तर अतिक्रमण हटाउने चर्चा चलेपछि त्यस बिरुद्ध घरबास पीडीत संघर्ष समिति गठन गरिएको छ ।