सोलुखुम्बुका अधिकांश सरकारी कार्यालय सूचना अधिकारीविहिन

माघ १२ , सोलुखुम्बु- प्रत्येक सरकारी कार्यालयको जानकारी जनतासम्म पु¥याउनका लागि सुचना अधिकारीको व्यवस्था रहने प्रावधान भएपनि सोलुखुम्बुका अधिकांश सरकारी कार्यालयमा सूचना अधिकारी छैनन् । सुचनाको हक सम्वन्धी ऐनले सुचना अधिकारीले सुचना संकलन र व्यवस्थापन, वर्गीकरण र अध्यावधीक गरी समय समयमा सार्वजनिक, प्रकाशन र प्रशारण गर्ने जिम्मेवारी तोकेको भएपनि जिल्लाका कुनै पनि कार्यालय त्यस्ता सूचना र प्रगतिहरु सार्वजनिक गरेका छैनन् । आफ्नो कार्यालयको सुचनाको अभिलेख गर्ने, सुचनाको भण्डारण र संरक्षण गर्ने कार्य सुचना अधिकारीले गर्ने प्रावधान रहेको छ ।

सुचना हकको नियमावली अनुसार आफ्नो कार्यालयमा भएका जनताका लागी आवश्यक सुचनाहरु ३–३ महिनामा सार्वजनिक गर्नुपर्ने हो तर सोलुखुम्बुमा भने हालसम्म सार्वजनिक भएका छैनन् । जिल्लामा रहेको जिल्ला शिक्षा कार्यालयले भने यस्ता जानकारी सुचना पार्टीमा टाँस गर्ने गरेको जिल्ला शिक्षा अधिकारी बिर बहादु खड्काले बताउनुभयो । अन्य जिम्मेवारी कार्यलय जिल्ला प्रशासन कार्यलय, जिल्ला विकास समिती, सरकारी वकील कार्यालयलगायतका कार्यालयहरुमा नाम मात्रैका सूचना अधिकारीहरु छन, तोकिएको जिम्मेवारी काम हालसम्म सम्पादन गरेको पाइदैन । जिल्ला भरमा ४० भन्दा बढी सरकारी कार्यालय र निकाय भए पनि आधा दर्जनमा मात्रै सूचना अधिकारी रहेका छन् ।