आज नेपाल पुलिस क्लव र लुम्बिनी फुटबल क्लव बुटवल विच प्रतिष्पर्धा

माघ १२ ,काठमाडौं- सर्वाधिक पुरस्कार राशीको राष्ट्रिय लिग फुटबल प्रतियोगीता अन्र्तगत आज नेपाल पुलिस क्लवले लुम्बिनी फुटबल क्लव बुटवल विच प्रतिष्पर्धा हुने भएको छ । खेल दशरथ रंगशालामा दिउँसो सुरु हुने भएको छ । यस अघिको प्रतियोगितामा थ्री स्टार क्लवले बिजयी सुरुवात गरेको छ । हिजोको खेलमा मोरङ एघार फुटबल क्लवलाई ३–० ले पराजित गर्दै थ्री स्टारले बिजयी शुरुवात गरेको हो । विजेताले १ करोड रुपैया पुरस्कार पाउने यो प्रतियोगितामा ५ वटा ए डिभिजन क्लव र जिल्लाका ४ वटा गरी ९ टिम सहभागी छन् ।