संविधान बन्ने बाटो सफा छ : एमाले

माघ ११,काठमाडौं- नेकपा एमालेले संविधान बनाउने बाटो खुलेको बताएको छ । आज संविधानसभा भवनमा बसेको एमाले संसदीय दलको बैठकले संविधान बन्ने वातावरण सुनिश्चित भएको बताएको हो । बैठकमा बोल्दै संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाईले संविधान जारी गर्ने बताए । सहमतिका नाममा एमाओवादीले संविधान निर्माणमा बाधा पुर्याएको भन्दै प्रश्नावली समिति गठन सँगै संविधान निर्माणको अवरोध हटेको बताएको सभासद् कल्पना चापागाइले बताइन्