विपक्षी मोर्चाद्धारा सुवास नेम्बाङको पुत्ता दहन

माघ ११,काठमाडौं-  एमाओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले संविधानसभाका अध्यक्ष सुवास नेम्वागंको पुत्ला दहन गरेको छ । आइतबार संविधानसभाभवनमा संविधानका विवादित विषयमा प्रश्नावली बनाउन ‘प्रस्ताव निर्माण समिति’ गठन गरेर अध्यक्षले एक पक्षीय निर्णय गरेको समेत क्रान्किारीले आरोप लगाएको छ । केही बेर अघि राजधानीको भृकुटी मण्डपमा निकाल्ने तयारी गरिएको मसाल जुलुसको सपना भने प्रहरीले तुहाइदिएको छ । आइतबार विपक्षीको अवरुद्धका बिच पनी संविधानसभाका अध्यक्ष नेम्वाङले संविधानका विवादित विषयमा प्रश्नावली बनाउन ‘प्रस्ताव निर्माण समिति’ गठन गरे पछि सल्केको आगोका कारण अब मुलुक कतै द्धन्द्धमा जाने त होइन भन्ने आशंका आम जनमानसमा उत्पन्न भएको छ ।