सत्तासाझेदारले मुलुकलाई पछाडी धकेल्ने काम गरे : प्रचण्ड

माघ ११,काठमाडौं-  एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तारूढ दलसँग कुनै बार्ता र सम्बाद नगर्ने बताएका छन् । आइतबार संविधानसभाले गरेको निर्णय अप्रिय भएको भन्दै अध्यक्ष प्रचण्डले सत्तासाझेदार दल र संविधानसभाका अध्यक्षले मुलुकलाई पछाडी धकेल्ने निर्णय गरेको बताएका छन् । उनले संविधानसभाका सभाध्यक्ष सुभासचन्द्र नेम्वाङले प्रश्नावली समिति गठन गरी देशलाई प्रतिगमन तर्फ धकेलेको भन्दै देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । आइतबार एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको संविधानसभा भित्रका १९ दलको गठबन्धनको बैठकले यस्तो निणर्य गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष दाहालले भने ‘आइतबार नेपालको राजनीतिमा कलंकको दिन हो, सभाध्यक्षले देशलाई प्रतिगमनतर्फ लाने कोशिस गरे, बैठकले यसको विरुद्ध आजै प्रतिकात्मक विरोध जनाउने निर्णय गरेको छ ।’ सभाध्यक्षले तठस्थताको मर्यादा नाघ्दै पार्टी पवक्ताको काम गरेकाले निर्णय नसँच्याएसम्म उनका कार्यको समर्थन नगर्ने पनि निर्णय भएको दाहालले बताएका छन् ।