माओवादीले संविधान नचाहेकाले प्रत्रियाबाटै संविधान आउँछ : नेपाल

माघ ११,काठमाडौं- नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले संविधान निर्माणको प्रक्रिया सुरू भएकाले संविधान बन्ने बाटो अब खुलेको बताएका छन् । संविधानसभाको बैठक सम्पन्न भएपछि माओवादीले संविधान नचाहेको बताउँदै अब प्रक्रियामा गएर नै जनताको संविधान आउने औँल्याए । त्यस्तै एमाले बरिष्ठ नेता झलनाथ खनालले संविधान लेखनको कार्य अघि बढेको बताउँदै सभासद्हरूलाई विचलित नहुन आग्रह गरेका छन् । त्यस्तै एमाले सभासद् कसैको बहकाउमा लाग्न नहुने बताउँदै पार्टी निर्णयमा चट्टान झैँ खडा हुनुपर्ने धारणा राखे ।