श्रीमानको हत्या प्रहरीले गरेको रविता ठकुरीको दाबी

माघ ११,काठमाडौं- ज्ञानीराजा ठकुरीको प्रहरी संलग्नतामा हत्या भएको परिवारले दाबी गरेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर श्रीमती रविता ठकुरीले आफ्नो लोग्नेको मृत्यु नभई प्रहरीले हत्या गरेको दाबी गरिन् । कानुनी राज्य स्थपाना गरी जनताको जीउधनको सुरक्षाको जिम्मेवारी लिएको प्रहरीले नै आफ्नो छोराको हत्या भएको दावीगर्दै मृतककी पत्नी रविताले घटनामा काभ्रे जिल्लाका एसपी पुजा सिंह चढ्ने गाडीको समेत प्रयोग भएको दावी गरिन् । उनले मृत्यु भईसकेपछि नक्कली दुर्घटनाको प्रतिवेदन तयार गर्न एसपी सिंह चढ्ने गाडीले कुल्चाएर दुर्घटनामा मृत्यु भएको देखाउन खोजिएको दावी गरिन् ।
पत्रकार सम्मेलनमा मृतकका बुवा हरिकुमारले भने ‘एक महिनाअघि प्रनानी झा सँगको मोटरसाइकलको हेलमेट विवादकै कारण मेरो छोराको हत्या भयो ।’ राजधानीमा आइतबार पत्रकार सम्मेलन गरी मृतक ठकुरीका बुवा हरिकुमार र श्रीमती रविता ठकुरीले यस्तो दावी गरेका हुन् । परिवारका सदस्यहरुले पाँचखालका प्रहरी नायव निरीक्षक बाबुराम झा सँगभएको सामान्य वादविवादकै कारण प्रहरीले हत्या गरेर दुर्घटनाको कीर्ते प्रतिवेदन तयार गरेको दावी गरेका छन् ।हरिकुमारले पीडित परिवारका सदस्यले दायर गरेको किटानी जाहेर समेत प्रहरीले दर्ता गर्न नपानेको आरोप लगाए । पत्रकार सम्मेलनमा दुर्घटना स्थलमा स्थानीयबासीलाई प्रहरीले घरघरमागएर जबरजस्ती मुचुल्कामा हस्ताक्षर गराएको तथ्य समेत उजागर गरियो । मुचुल्कामा हस्ताक्षर गर्ने मध्येका गणेश सापकोटाले आफूहरुले दुर्घटनामा मृत्यु भएको नदेखेको बरु प्रहरीले घरको ढोकामा बोलाएर कागजमा सहीछाप गराएको दावी गरे । घटनापछि शब बोक्न प्रयोग गरिएको गाडी बा १२च ५८६१ नम्बरको गाडीका चालक बिष्णु बजगाईले पाँचखालबाट प्रहरीले रातिबोलाएर लिएर गई शवको मुचुल्का तयार गरी उक्त शवलाई सिधैं काठमाडौं स्थित शिक्षण अस्पतालमा पु¥याउन लगाएको बताए