गल्ती गरे नेम्वागंले : प्रचण्ड

माघ ११,काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा अध्यक्ष सुवास चन्दै नेम्वागंले एकलौटी ढंगले प्रस्ताव गठन गरेर गलत काम गरेको बताएका छन् । प्रस्ताव निर्माण समितिको प्रतिकार गर्ने चेतावनी दिएका छन्। संविधान सभा बाहिर संचारकर्मीसँग कुरा गर्दै दाहालले एकलौटी ढंगले प्रस्ताव गठन गरेर संविधानसभा अध्यक्षले महाभुल गरेको टिप्पणी गरे। दाहालले सभाध्यक्षको निर्णयविरुद्ध जनतामाझ जाने बताए। यसैबिच नयाँ राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमाओवादीसहति १९ दलीय मोर्चाको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।