आज मोरङ ११ र थ्री स्टार क्लब विचप्रतिष्पर्धा गर्दै

माघ ११,काठमाडौं- राजधानीमा राष्ट्रिय लिग फुटवल प्रतियोगीता अन्र्तगत आज मोरङ ११ र थ्री स्टार क्लब विचप्रतिष्पर्धा हुने भएको छ । अनुभबहिन मारङ ११ र आधा भन्दा बढी राष्ट्रिय खेलाडी सम्मीलीत थ्री स्टार विचको आजको प्रतियोगिताले लिग टोली विचको अन्र्तर प्रस्टाउँने देखिएको छ । मोरङ ११ को कमै मात्र खेलाडीसँग माथिलो स्तरको प्रतिष्पर्धात्मक फुटबलको अनुभब रहेको छ । तिन पटक लिग च्याम्पीयन थ्रि स्टार भने एपीएफ प्रसिडेन्ट कपमा पनि सेमिफाईनलको यात्रा तए गरी सकेको छ । यसैबीच दशरथ रंगशालामा भएको बुधबार भएको उद्घाटन खेलमा मनाङले सुदूरपश्चिमलाई ३–० गोल अन्तरले पराजित गरेको छ । प्रतियोगितामा ५ वटा ए डिभिजन क्लव र जिल्लाका ४ वटा गरी ९ टिम सहभागी छन् । प्रतियोगितामा मनाङ मर्स्याङ्दी, थ्री स्टार, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपिएफ र त्रिभुवन आर्मीका साथै झापा ११ फुटबल क्लव, मोरङ फुटबल क्लव, लुम्बिनी फुटबल क्लव बुटवल र सुदुरपश्चिमाञ्चल फुटबल क्लव कैलाली सहभागी छन् । प्रतियोगिताको विजेताले १ करोड रुपैया पुरस्कार पाउनेछ भने उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ पाउनेछन् ।