दाबेदार क्लबहरु चेल्सी र म्यानचेस्टर सिटीको लज्जास्पद हार

माघ ११,काठमाडौं- इंग्लीस एफए कप फुटबल प्रतियोगिता अन्तर्गत गए राती भएका खेलमा दाबेदार क्लबहरु चेल्सी र म्यानचेस्टर सिटीले लज्जास्पद हार ब्यहोरेका छन् ।

जारी लिगमा शीर्ष स्थानमा रहेको चेल्सी र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी एफए कपका खेलमा भने तल्लो श्रेणीका क्लबहरुसँग पराजित भएका हुन् । लन्डन क्लव चेल्सीलाई पहिलो श्रेणीको ब्राडफोर्ड सिटीले ४–२ ले हरायो । आफ्नै मैदानमा भएको खेलमा कुनै समय २–० को अग्रता लिएरपनि ४–२ ले पराजित भएपछि चेल्सी प्रशिक्षक जोजे मौरिन्होले आफूलाई लज्जाबोध भएको प्रतिक्रिया दिएका छन् ।
यसैगरी, आफ्ण्नै मैदानमा भएको खेलमा अर्को दाबेदार टोली म्यानचेस्टर सिटीलाई च्याम्पियनसिप क्लब मिडिल्सब्रोले २–० ले हरायो । एफए कपअन्तर्गत खेलहरुमा निकै आश्चर्यजनक नतिजा आएका छन् । यसपटक एफए कपबाट अधिकांश प्िरमियर क्लबहरु बाहिरिएका छन् ।
चेल्सी, म्यानचेस्टर सिटी, टोटनह्याम हट्सपर, एभर्टन, साउथह्याम्पटनलगायतका बलिया टोलीहरु चौंथो चरण्ँबाटै बाहिरिएका छन् । दाबेदारहरु म्यानचेस्टर युनाइटेड र लिभरपुल आ–आफ्नो प्रतिद्धन्द्धीविरुद्ध पहिलो खेलमा बराबरीमा समेटिएपछि दोस्रो लेगको खेल खेल्नुपर्ने भएको छ ।
म्यानचेस्टर युनाइटेडलाई क्यामब्रीज युनाइटेडले तथा लिभरपुललाई बोल्टन वान्डरर्सले गोलरहित बराबरीमा रोकेका हुन् ।