युक्रेनमा रकेट अक्रमणमा ३० जनाको मृत्यु

माघ ११,काठमाडौं- पूर्वी युक्रेनमा रुस समर्थक विद्रोहीहरुले प्रहार गरेको रकेटका कारण ३० जना मारिएका छन् । मारिओपोल सहरमा गरिएको रकेट आक्रमणमा अरु थुप्रै घाइते भएको युक्रेनको गृह मन्त्रालयले जनाएको छ । मारिओपोल सहर रुस र रुसमा गाभिएको क्राइमियाको बीचमा पर्दछ । विद्रोहीहरुले एक बजार र ठूला भवनहरुलाई निशाना बनाएका थिए ।

दोनेत्स्कस्थीत विद्रेहीका एक नेताले भने आक्रमणमा आफ्नो हात नरहेको दाबी गर्दै घटना सरकारी पक्षबाट भएको आरोप लगाएका छन् । एजेन्सी