विपक्षी मोर्चा छलफलमा, गतिरोध अन्त्यका लागी प्रयास जारी

माघ १० , काठमाडौं -गत सोमबारदेखि अबरुद्ध संविधानसभाको बैठक संचालन र आगामी रणनीति र आन्दोलनको बारेमो छलफल गर्न विपक्षी दलहरु आज पनि बिहानैदेखि छलफलमा जुटेका छन् । एमाओवादीसहित मधेसवादी दलका साथै नेकपा माओवादीसमेतले आज पनि छलफललाई निरन्तरता दिन लागेका हुन् । सहमतिका लागी र अवरुद्ध संविधानसभा बैठक संचालनको विष्गाय मुख्य एजेण्डा भएको एमाओवादी प्रवक्ता दिनानाथ शर्माले बताए । मोर्चाको बैठक अहिले सिंहदरबारमा जारी छ ।

यसैबिच  मध्यान्हपछि १९ दलीय मोर्चाको बैठक बस्ने र २ बजे नेकपा माओवादीसमेतको संयुक्त छलफल गर्ने तयारी भएको नेताहरुले बताएका छन् । छलफलमा संविधानसभामा आफ्नो भूमिका, आफूहरुको मुद्दा र आगामी दिनमा गरिने आन्दोलनलगायतका विषयमा छलफल हुनेछ । सत्तारुढ दुई दलको भने आज छलफल हुने नहुने तय भइनसकेको ती दलको नेताहरुले बताए ।