सिनावात्रालाई प्रधानमन्त्री बन्न रोक, १ दशक जेल सजाय हुने संभावना

माघ १० , काठमाडौं-महिना नेतृमा विश्वको ध्यान आफुतिर खिच्न सफल थाईल्याण्डकी पूर्व प्रधानमन्त्री यिनलक सिनावात्रा अबको ५ बर्ष प्रधानमन्त्री बन्न नपाउने भएकी छिन् । उनलाई यस्तो घोषणा सरकारले गरेको हो ल । उनका  परिवारका सदस्यहरुलाई पनि राजनीतिमा प्रतिबन्ध लगाउने सरकारले घोषणा गरेको छ । सरकारी अनुदानको चामल वितरणको क्रममा भ्रष्टाचार गरेको भन्दै सैनिक सरकारले यिनलक विरुद्ध कडा कदम उठाएको हो । यो अभियोगमा पूर्वप्रधानमन्त्री सिनावात्रालाई १० बर्ष जेल सजाय समेत हुनसक्ने बताइएको छ । सन् २०१४ मा यिनलक सिनावात्राबाट सेनाले सत्ता हातमा लिएको थियो । यिनलक अघि उहाँको दाजु थाक्सिन सिनावात्रा थाईल्याण्डको प्रधानमन्त्री थिए ।