चार मिनेट नाचेर प्रियंकाले सवा करोड कमाइन्

काठमाडौँ -भारतीय कलाकारहरुको पछिल्लो समय एक पछि अर्को गर्दै पारिश्रमीक दर एक पछि अर्को गर्दै बढ्दै गएको छ । चलचित्रबाट भन्दा पनि उनीहरुले अन्य कार्यबाट पारिश्रमीक लिने चलन बढेको हो । जसको पछिल्लो उदाहरण बनेक छिन् अभिनेत्री प्रियंका चोपडा । उनले हालै एक  नृत्य प्रस्तुत गरे बापत चार मिनेटमा सवा करोड भारु पारिश्रमिक लिएको खबरले यति बेला बलिउड तातेको छ ।

हालै एक अवार्ड कार्यक्रममा उनि झन्डै चार मिनेट नाचिन् । त्यसबापत उनले आयोजकबाट सवा करोड भारु असुलेकी थिइन् । मेरी कोम चलचित्र अभिनय गरेपछि प्रियंकाको बलिउडमा माग र चर्चा दुवै छ । उनलाई यति बेला बलिउड फिल्मका अफर अरु नायिकाको तुलनामा ७५ प्रतिशतले बढि आउने गरेको भारतीयसञ्चार माध्यमहरुले जनाएका छन् । शाहरुख, सलमानले भने स्टेजमा नाचेको चार करोड भारुसम्म असुल्ने गर्छन् । एजेन्सीको सहयोगमा