प्रक्रियाको बाटो खोज्ने तयारीमा सभाध्यक्ष नेम्वाङ

पौष २९,काठमाडौं- पटक पटक म्इाद थप्दा समेत सहमती जुटाउन नसकेको संविधानसभाको संवैधानिक सम्वाद तथा सहमति समितिका कारण थप अन्यौल बढेको छ । आज यसअघिको निरन्तरतामा प्रतिवेदन संविधानसभामा जादैछ । संवाद समितिमा सहमति नजुटेपछि कांग्रेस–एमालेसहित सत्तारूढ पक्ष प्रश्नावली समिति बनाई अघि बढ्ने वा विशेष प्रस्ताव लगी प्रक्रिया थाल्ने भन्ने गृहकार्यमा जुटेको छ ।

विपक्षी दल त्यसलाई असफल बनाउने रणनीतिमा लागेको छ । विपक्षी मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहका अनुसार प्रक्रिया अघि बढाए आजै संविधानसभा अवरोध गर्ने तयारी छ । आज नियमावली संसोधनका लागि सत्तापक्षबाट प्रस्ताव लैजाने तयारी छ ।

संविधानसभा नियमावलीको नियम ४९ ९१० बमोजिम विशेष प्रस्ताव लगी सभामा छलफल गर्नुपर्नेमा उनीहरुको तर्क । नियम ९१ अनुसार समितिमार्फत प्रश्नावली तयार गर्ने विकल्प पनि सभालाई छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि प्रतिवेदन आएपछि त्यसै अनुसारको कदम अघि बढाउने तयारी गरेका छन् ।

कस्तो प्रक्रिया अपनाउने भन्नेमा सभाध्यक्ष सुवास नेम्वाङले शीर्ष नेता, कानुनविद् र सभासदसँग परामर्श गरेका छन । बाबुराम भट्टराईको नेतृत्वमा रहेको संबाद समितिले यसअघि पनि तीन पटक सहमति जुटाउन सकिएन भन्दै प्रतिवेदन बुझाएको थियो ।