अनेरास्वबियु मोरङको २१ औ जिल्ला सम्मेलन आजदेखी

पुष २९, काठमाडौं- नेकपा एमाले समर्थित बिद्यार्थी संगठन अनेरास्वबियु मोरङको २१ औ जिल्ला सम्मेलन आजदेखी बिराटनगरमा सुरु हुँदैछ । बिराटनगरको बिरेन्द्र सभागृहमा मध्यान्न १२ बजेपछि हुने सम्मेलनको केन्द्रिय अध्यक्ष किशोरबिक्रम मल्लले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनका लागि अध्यक्ष मल्ल, महासचिव नविना लामा , संगठन विभाग प्रमुख समिक बराल लगायत केन्द्रिय नेताहरु हिजै बिराटनगर आईसकेको अनेरास्ववियुका प्रवक्ताले जनाएका छन् । सम्मेलनका लागि बिद्यार्थीहरु बिराटनगर जाने क्रम जारी रहेको जिल्ला सदस्य तथा क्षेत्र नम्बर ९ का इन्चार्ज इश्वर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा मोरङ जिल्लाभरिका क्याम्पस , उच्च , माबिबाट ४ सय बढी बिद्यार्थी प्रतिनिधिको सहभागिता रहनेछ ।

सम्मेलन उद्घाटन पूर्व माघ ८ भित्रै संबिधान जारी गर्न दबाब स्वरुप बिराटनगरको महेन्द्र आदर्श बहुमुखी क्याम्पसबाट र्याली समेत निकाल्ने अनेरास्वबियु मोरङ जिल्ला कमिटिले जनाएको छ । भोलीसम्म चल्ने सम्मेलनको बन्द शत्र भने आजै साँझ बाट सुरु गर्ने तयारी रहेको जनाइएको छ ।