होटल संघको अध्यक्षमा पराजुली निर्विरोध निर्वाचित


पौष ,काठमाडौं- पश्चिमाञ्चल होटल संघ पोखराको अध्यक्षमा युवा पर्यटन व्यवसायी भरतराज पराजुली निर्विरोध निर्वाचित भएका छन् । यसअघि प्रथम उपाध्यक्ष रहेका पराजुली होटल पिस प्लाजाका संचालक पनि हुन् । अध्यक्षमा निर्वाचित भएका पराजुली स्टार होटल तर्फबाट यसअघि नै सदस्यमा निर्विरोध निर्वाचित भएका छ जना मध्येका हुन् ।
निवर्तमान अध्यक्षमा पोखरा भिलेज रिसोर्टका संचालक हरिप्रसाद शर्मा गैह्रे रहेका छन् । संघको सोमबार होटल ग्राण्ड विरौटामा सम्पन्न तेश्रो अधिवेशनबाट प्रथम उपाध्यक्षमा फेयरमाउण्ट होटलका संचालक विकल तुलाचन छानिएका छन् । द्वितीय उपाध्यक्षमा होटल साकुराका संचालक लक्ष्मण सुवेदी छनोट भएका छन् । महासचिवमा भने न्यू सोलिटारी लजका भेकेन्द्रकुमार श्रेष्ठ छानिएका छन् । कोषाध्यक्षमा होटल ग्लासियरका राजेन्द्र ढकाल, सचिवमा होटल ट्रोपिकानाका गणेशराज पहारी र सहकोषाध्यक्षमा होटल ल्याण्डमार्कका पार्वता पाण्डे चयन भएका छन् । नन स्टारतर्फ छ सदस्य पदका लागि १५ जनाको उम्मेदवारी परेकोमा निर्वाचनबाट उनीहरु सदस्यमा निर्वाचित भएसँगै पदाधिकारीका लागि निर्विरोध चयन गरिएका हुन् ।
कार्यसमिति सदस्यहरुमा मम्स गार्डेन रिसोर्टका दिपक श्रेष्ठ, पोखरा ग्राण्डका रामेश्वर
अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिंदै पराजुलीले आफूले संघका सबै साथीहरुसँग सहकार्य गर्दै पोखरामा बढी भन्दा बढी पर्यटक भित्र्याउन काम गर्ने भनाई राखे ।