राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधिका भिडन्त आज

पुष २९, काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधिका भिडन्त आज हुने भएको छ ।

त्रिपुरेश्वस्थित राष्टिय खेलकुद परिषदको कभर्ड हलमा एपीएफ र पुलिस विच प्रसतिष्पर्धा हुने भएको हो । यस अघि तेस्रो स्थानका लागि न्यू डायमण्ड एकेडेमी र पश्चिमाञ्चलविचको प्रतियोगीता पनि आज नै हुने भएको छ । हिजो भएको पहिलो सेमीफाइनलमा आयोजक एपीएफ क्लबले न्यू डायमण्ड एकेडेमीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै आजै भएको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चललाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफसंगको भिडन्त पक्का गरेको हो ।