पोखरा कप फुटबलको सेमिफाईनल प्रवेशका लागी आज अन्तीम क्वाटरफाईनलको खेल हुँदै

पुष २९, पोखरा- पोखरामा जारी मनकामना केवलकार पोखरा कप फुटबलको सेमिफाईनल प्रवेशका लागी आज अन्तीम क्वाटरफाईनलको खेलहरु हुँदैछ ।

अन्तीमा क्वाटरफाईनलमा आयोजक पोखरा ११ रथ्री स्टार विच प्रतिष्पर्धा हुने भएको छ । हजो भएको क्वार्टरफाइनलमा एभरेष्ट फुटबल क्लब हङकङमाथि संघर्षपूर्ण जित हासिल गर्दै सशस्त्र सेमिफाईनलमा प्रबेस गरेको थियो ।
कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा ‘ए’ डिभिजन क्लबहरु नेपाल पुलिस र मनाङ–मस्र्याङदी यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।