बस र ट्यांकर ठोक्किदा ३० जनाको मृत्यु

पाकिस्तान- पाकिस्तानको कराँचीमा बस र ट्यांकर ठोक्किदा ३० जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार कराचीबाट शिकारपुर जाँदै गरेको बस र ट्यांकर आपसमा ठोक्किएका हुन् । टगलत दिशाबाट गैरहेको तेल बोकेको ट्यांकर विपरित दिशाबाट आइरहेको बससँग ठोक्किएको स्थानीय प्रहरीले जनाएको छ ।

ठोक्किएपछि बस र ट्यांकरमा आगो लागेको थियो । दुर्घटनामा ५७ जना मारिएको बताइए पनि प्रहरीले त्यसको पुष्टि गर्न नसकेको बीबीसीले जनाएको छ । दुर्घटनामा बसमा सवार अन्य केही यात्रु घाइते भएका छन् । बसको छतमा बसेकाहरुले भने कुदेर ज्यान बचाउन सफल भएका थिए । पाकिस्तानमा हरेक वर्ष सवारी दुर्घटनाका कारण चार हजार ५ सय भन्दा बढिको मृत्यु हुने गरेको छ ।