रामेछापको रामपुर गाविस पुर्ण खोप युक्त गाविस घोषणा

रामेछाप- रामेछाप जिल्लाको रामपुर गाबिस आज जिल्लाको ५ औ पुर्ण खोप युक्त गाविस घोषणा भएको छ । प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासीनस्को प्रमुख आतिथ्यता तथा गाबिस सचिव लक्ष्मण भुजेलको अध्यक्षयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशेष अतिथि स्थानिय विकाश अधिकारी टेकराज निरौला लगाएत जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

गाविसका १ देखि ९ नम्बर वडा सम्मका १०६ जना बाललालिकाहरुले खोपको मात्रा पुर्ण रुपमा पाईसकेकाले गाबिसलाई आज जिल्लाकै ५ औ गाविसको रुपमा पुर्ण खोप युक्त गाबिस घोषण गरिएको हो । यसैबिच कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासीनी र स्थानिय विकाश अधिकारी टेकराज निरौलाले कार्यक्रममा खटिएको स्वयमसेवक बृद्धबृद्धा आमाहरुलाई सम्मान तथा प्रमाण प्रत्र पनि प्रदान गरिएको थियो ।