संविधानका विवादित विषयमा आज विहानैबाट छलफल जारी

पुष २८, काठमाडौं-संविधानका विवादित विषयमा सहमतिकोलागि पुनः जिम्मा पाएको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले आज विहानैबाट सहमतिको पलहरुलाई जारी राख्ने भएको छ । समितिको दिउसो बस्ने बैठकअघि सम्म सभापति डा. बाबुराम भट्टराईले सहमतिको प्रयासलाई जारी राख्नु हुने भएको हो । समितिको हिजो बसेको बैठकमा सभापतिले दुईदिनसम्म गरेको छलफल बारे जानकारी गराएपछि थप अनौपचारिक वार्तालाई नै निरन्तरता दिने निर्णय भएको थयो । सहमतिको पहलमा विहान ८ बजेबाटै छलफल जारी रहने सभापति भट्टराईले जनकारी दिनुभएको छ । दिउसो २बजे बोलाएको बैठक अघि सम्म विभिन्न दलका शिर्ष नेताहरुसंग छलफल गरी त्यसको उपलब्धि बारे समिक्ष्ाँ गरी बैठकले निर्णय गरिने बताइएको छ । समितिले आजै साँझसम्म प्रतिबेदन तयारगरी भोली विहान ११ बजे बस्ने संविधानसभाको बैठकमा पेश गरिने तयारी गरेको छ ।

यसअघि हिजो भएको प्रमुख दलका शिर्ष नेताहरुको बैककमा संघीय प्रदेशको बारेमा दुवै पक्षेको धारणा बारेमा केन्द्रीत भएर छलफल भएको र सो क्रममा पा“च वटा विषयमा मात्र विवाद देखिएको सभापति भट्टराईले जानकारी दिनुभएको छ ।

संविधानसभा अध्यक्षसहित कांग्रेस, एमाले, एमाओवादी, मधेशी मोर्चा र अन्य दलको संयुक्त बैठकमा राज्य पुनःसंरचनाको विषयमा केन्द्रित भइ गरेको छलफलमा ७ प्रदेशको मोडेल र १० प्रदेशको मोडेल बारे छलफल भएको थियो ।

आ–आफ्ना प्रस्तावको आधारका सम्बन्धमा दुबै पक्षबाट बैठकमा स्पष्ट पारिएको र दुबै पक्ष्ँले आधारहरु हिजो स्वीकृत भएका पहिलो संविधानसभाको राज्य पुनःसंरचना समितिले निर्धारण गरेको पहिचानका ५ आधार र सामथ्र्यका ४ आधार नै हो भन्ने कुरामा स्पष्ट पारेको बताइएको छ । दुईवटा प्रस्तावका बीचमा पा“च वटा असमानता पहिचान भएको सभापति भट्टराईले बताउनुभयो । सीमांकनको सम्बन्धमा देखिएको मिलाउन सकिने नेताहरुले बताएको भट्टराईले जनकारी दिनुभयो । यस्तै नामांकनको बारेमा १० प्रदेशवालाले ९ प्रदेशमा जाने हो भने नाम प्रदेशसभालाई दिए हुन्छ भन्ने रहेकोले संख्यामा मिल्यो भने नाम प्रदेशसभालाई दिन सकिन्छ भन्ने दुबै पक्षको भनाइ रहेको सभापति भट्टराईले बताउनुभो ।
यसैवीच विवादित विषयमा सहमतिको प्रयास स्वरुप प्रमुख दलहरुले आज पनि छलफल जारी राख्ने भएका छन् । प्रधानमन्त्री एवं नेपाली का“ग्रेसका सभापति सुशील कोइरालाको सक्रियतामा काँग्रैस एमाले एमाओवादी र मधेशी माृेर्चाको बैठक बस्ने तयारी भएको हो । यद्धपि एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिबाट रुष्ट बनेको मधेशी मोर्चा भने काँग्रेस एमालेले बोलाएको चार दलको बैठकमा सहभागी नुहेने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभभयो । मधेशी मोर्चाले बहिष्कार गरेपछि प्रमुख चारदलको संयुक्त बैठक बस्न सकेको छैन ।