प्रमुख दलहरु अडान छोड्न नसक्दा सहमति अन्यौलमा

पुष २७, काठमाडौं- प्रमुख दलहरु माघ ८ मा संविधानको मस्यौदा भएपनि ल्याउने तयारीमा लागेका छन् । तर, अडान छाड्न नसक्दा सहमति भइरहेको छैन । बिहान बसेको प्रमुख दलहरुको बैठकमा सबै लचकताका साथ प्रस्तुत हुने र बिचको बाटो खोज्ने सहमति भएको छ । साँझ फेरि बैठक बोलाइएको छ । बैठकमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार एमाले शीर्ष नेतासँगै बैठकमा बसेका छन ।

एमाले नेता सहभागी हुने राजनीतिक बैठकहरु मधेसी मोर्चाले बहिस्कार गर्ने जनाए पनि गच्छदार सहभागि हुनुभएको हो । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईले राज्य व्यवस्था समितिको हलमा बोलाएको बैठकमा गच्छदार सहभागी भएका हुनु भएको हो ।

बैठकमा एमाले अध्यक्ष केपी ओली, बरिष्ठ नेताहरु झलनाथ खनाल, माधकुमार नेपाल, महासचिव इश्वर पोखरेल, प्रमुख सचेतक अग्नि खरेल सहभागी थिए । सभापति भट्टराईले आग्रह गरेको हुनाले बैठकमा आएको गच्छदारले जानकारी दिनुभयो । भट्टराईले अहिले केहीबेरमा साढे ५ बजे फेरि मुख्य दलका शीर्ष नेताको बैठक बोलाउनु भएको छ । यसअघि २ बजे सम्वाद समितिमा अन्य दलहरुसँग छलफल गर्नु भएको छ ।