‘दलहरुले नसकेर होइन नचाहेर सहमति नभएको’ : सभामुख

पौष २५, काठमाडौं – संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दलहरुले नसकेर भन्दा पनि नचाहेर सहमति नगरेको आरोप लगाएका छन् ।
माघ ८ भित्रै संविधान जारी गर्न माग राखेर पेशागत महासंघ पापड ले दिएको ज्ञापनपत्र बुझ्दै सभाध्यक्ष नेम्वाङले दलहरुबीच तत्काल सहमति बने अझै पनि माघ ८ भित्रै संविधान जारी हुने सम्भावना रहेको बताए । उनले इच्छाशक्तिका साथ माघ देखाउन दलहरुलाई आग्रह गरे । विभिन्न पेशागत संघ संस्थाको साझा संस्था पापडले माघ आठ भित्रै संविधान जारी गर्न माग राखेर शीर्ष नेता र सभाध्यक्षको ध्यानाकर्षण गराउँदै आएको छ ।