ओलीको बैठकमा गच्छदार टुप्लुकीएपछि

पुष २५,काठमाडौँ-नेपाली राजनीतिमा ध्रुविकरण हुनलाई कुनै ठुलो विषय चाहिँदैन । माघ ८ को समयसिमा नजिकिँदै जाँदा दलहरुले साना तिना बिषयमा समय खेर फाल्ने काम गरिरहेका छन् ।  जसको पछिल्लो उदाहरण हो एमाले  र मधेसी मोर्चाबिचको जुहारी । कुरा सामान्य नै थियो, तर कसै न कसैको पुच्छर समाउने बानी परेको मधेसी मोर्चा र मधेसी दलहरुले अल्पमतका कारण समय टार्ने मेलो मात्रै गर्दैछन् । नेकपा एमाले सहभागी हुने कुनै पनि बैठकलाई बहिष्कार गर्ने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बताएर शुक्रबारको बैठक बहिष्कार गरेको छ । मोर्चाले प्रधानमन्त्री कोइरालालइृ पहिले ओलीलाई सम्हाल्नुस अनि अरु कुरा जस्ता भाषाहरुको प्रयोग समेत गर्न थालेका छन् ।

यसैबिच एमाले सहभागी हुने बैठकमा नटेक्ने अडान लिँदै आएको मोर्चाकै एकघटक मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मोर्चाका अन्य घटकलाई जानकारी नै नदिइकन बैठकहरुमा सुटुक्क ओलीसँग साँठगाँठ थालेका छन् । आज एमाओवादीका नेता सवैधानिक राजनीतिक सहमति तथा संवाद समितिका सभापति डा।बाबुराम भट्टराईले बोलाएको चार दलको बैठकमा उपस्थित नभएका गच्छदार पुनः सभामुख नेम्वा¨ले एमाले अध्यक्ष ओलीसहित बोलाएको बैठकमा सहभागि भए पछि मधेसी अन्य नेताहरु जिल्ल परेका छन् । बैठकमा प्रधानमन्त्री कोइराला, अध्यक्ष प्रचण्डको पनि सहभागिता थियो । सभामुख नेम्वा¨को कार्यकक्षमा भएको बैठकमा एमाले र मधेशवादी दलबीच देखिएको तिक्तता हटाउन छलफल भएको हो ।

यो तिक्तताले संविधान निर्माणमा सहमति जुटाउन अप्ठ्यारो हुने भन्दै मधेशी मोर्चाका नेताहरुसँग छलफल गर्न अध्यक्ष गच्छदारलाई जिम्मेवारी दिएको स्रोतले जनाएको छ । यद्यपी गच्छदारका स्वकीय सचिव कन्हैया ठाकुरले चार दलको बैठकमा सहभागी नभएको जनाएको छ, भने सभापति भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले चार दलको बैठकमा गच्छदार पनि सहभागी भएको बताएको छ ।