नाबेबियामा हुने डिभिजन टु क्रिकेट का लागी आज बाट अभ्यास खेल खेल्ने

काठमाडौँ – नामिबियामा माघ ३ गतेदेखि सुरु हुने डिभिजन–२ क्रिकेट प्रतियोगीताको अभ्यास खेल खेल्न दक्षिण अफ्रिका पुगेको नेपाली टोलीले आजबाट अध्यास खेल खैल्ने भएको छ । आज पहिलो खेल इस्र्टन एकेडेमि संग खेल्ने भएको हो । त्यसैगरी नेपाली टोलीलेभोली त्यसैगरी भोली पुमालाङगा क्रिकेट युनियन संग खेल्ने छ भने सोमबा्र ईस्र्टनको आमन्त्रित टोली संग खेल्ने भएको छ । दक्षिण अफ्रिकामा तीन अभ्यास खेल खेलेर नेपाली टोली सीधै नामिबिया जानेछ । डिभिजन ‘थ्री’को च्याम्पीयन नेपालले डिभिजन–२ मा आयोजक नामिबियासँगै केन्या, नेदरल्यान्डस्, क्यानडा र युगान्डासँग खेल्नेछ ।