संवाद समितिको बैठक आज बस्दै

पुष २५,काठमाडौँ-दलहरुबिचको बिचमा थाती रहेको संविधानका विवादित विषयमा आजदेखि फेरि छलफल हुने भएको छ । यस अघि समितिभन्दा बाहिर रहेर छलफल थालेका दलहरुले आदेखि  संविधानसभाको संवैधानिक, राजनीतिक, संवाद समिति मातहतमा बसेर  छलफल गर्ने भएका छन् । प्रमुख राजनीतिक दलहरुबीच हिजो भएको सहमति अनुसार संविधानसभामा भइरहेको छलफल टुंग्याएर विवादित विषयलाई आजदेखि संवाद समितिमै छलफल गर्न लागिएको माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बताए । बैठक आज दिउसो बस्ने बताइएको छ ।  नयाँ संविधानमा सहमति हुन बाँकी रहेका विवाद टुंग्याएर ४ दिनभित्र सहमति जुटाइ प्रतिवेदन पेश गर्न भन्दै संवाद समितिलाई हिजो प्रतिवेदन फर्काइएको हो ।