पाँचौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा कृषि औद्योगिक व्यापार मेला २०७१ सुरु

पुस २४, म्याग्दी – आजबाट बेनिमा पाँचौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा कृषि औद्योगिक व्यापार मेला २०७१ सुरु हुँदैछ । माघ ४ सम्म सञ्चालन हुेन मेला तथा महोत्समा दुई सय किलोको अस्ट्रिच चरा, अजिंगर, लगायतलाई पर्दशनीमा राखिने भएको छ ।

महोत्सबको अबसरमा कालिगण्डकी नदीमा ¥याफ्टिङ र पर्यटकीय स्थलहरुमा हेलिकप्टर मार्फत अबलोकनको समेत व्यवस्था मिलाईएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जिबन बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

स्थानीय उत्पादनलाई प्रदर्शनमा ल्याउनेहरुलाई निशुल्क स्टल राख्ने व्यवस्था गरिएको स्टल संयाृजक सुबिन श्रेष्ठले जानकारी दिनुभयो ।