राजीनामा दिने तयारीमा फ्रान्सका राष्ट्रपति पुटिन

एजेन्सी -अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्यमा नाटकीय गिरवाट आएपछि अर्थ विश्लेषकहरुले यसले संसारकै राजनीतिक स्वरुप बदल्ने भविष्यवाणि गरेका छन् । अहिलेकै अवस्थामा विश्व अर्थतन्त्रमा देखिएको उथल पुथल कायम रहेमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राजिनामा दिने समेत उनीहरुको दावी छ । तेल र ग्यासको मूल्यमा आएको गिरावटले अर्थतन्त्र मात्र प्रभावित नभएर विश्व राजनीतिक परिदृष्य नै परिवर्तित हुने विश्लेषकहरुको भनाइ छ । अमेरिकाको अर्थपत्रिका ब्लुमवर्गको अनलाइन संस्करणमा प्रकाशित विश्लेषणलाई मान्ने हो भने तेलमा भैरहेको मूल्यको गिरावटले संसारलाई अचम्मित पार्ने नतिजा दिन सक्छ । विश्लेषकहरुका अनुसार घट्दो मूल्य कायम रहेमा रुसी अर्थतन्त्र धरासायी हुने मात्र होइन त्यहाँको राजनीति समेत उथलपुथल हुन सक्छ भने इरान आफ्नो आणविक योजनामा झुक्ने अवस्थामा पुग्ने र अन्य देशका अर्थतन्त्र धरासायी हुने अवस्थामा पुग्ने छन् । तेलको मूल्यमा आएको गिरावटले भेनेजुएला, रुस, साउदी अरेविया, इरान जस्ता देश अहिले नै प्रभावित भैसकेका छन् ।