पोखरा कप फुटबलको आज को खेल मा एपीएफ दोस्रो चरणमा प्रवेश

पौष २४,पोखरा- सशस्त्र प्रहरीको एपीएफ क्लब पोखरामा जारी मनकामना पोखरा कप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगिताको विहीबार भएको खेलमा धरान फुटबल क्लबलाई हराउँदै एपीएफले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

एपीएफले धरानलाई २—१ ले पराजित गरेको हो । खेलको २२औं मिनेटमा गणेश लावतीले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा धरानका राज पौडेलले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

तर, ५४औँ मिनेटमा एपीएफका नवीन लामाले गोल गर्दै टिमको जित सुनिश्चित गरे । एपीएफले अब एभरेष्ट फुटबल क्लब हङकङसँग आगामी पौष २८ गते प्रतिष्पर्धा गर्नेछ ।