हिमापतपछि बढेको चिसोले सर्वसाधारण मर्कामा

पुस २३, काठमाडौँ – मुलुकभरका अधिकांश उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएपछि बढेको चिसोका कारण जनजिवन प्रभावित बनेको छ । मुलुकका हिमाली जिल्ला मनागं, मुस्तागं, डोल्पा, दार्चुला लगायतका जिल्लाका सर्वसाधारण प्रभावित बनेका हुन् । यि जिल्लाहरुमा हिमपातसँगै अत्यधिक चिसो बढ्न थालेपछि स्थानीयवासी बेंसी झर्न थालेका छन् । गत साता चार दिन परेको भारी हिमपातपछि बढेको चिसोले जनजीवन कष्टकर बनेपछि यहाँका एरकोटे, घुसा, खण्डेश्वरी, राप्ला, सुन्सेरा, सिप्टी, व्यासलगायतका माथिल्ला भेग तथा कैलाश मानसरोवर र चीनको ताक्लाकोट क्षेत्रआसपासका वासिन्दा बसाइँ सरेका हुन् । जिल्लाको उत्तरी तथा उच्च पहाडी बस्तीमा हिमपात भएसँगै जाडोले जनजीवन कष्टकर बन्दैछ । पुसदेखि फागुनको अन्तिम सातासम्म यहाँका बस्तीमा बाक्लो हिमपात हुन्छ ।उच्च पहाडी क्षेत्रका बासिन्दाले गर्मी समयमा अन्न र आलु खेती गर्छन् । जाडोमा उब्जनी नहुने भएकाले खेतबारी बाँझै छाड्छन् । समुद्री सतहदेखि तीन हजार ८५० देखि पाँच हजार ४०० मिटर उचाइको दार्चुला जिल्लामा पर्ने अपी हिमालमा तीन फिटसम्म हिउँ पर्ने गर्छ ।