सर्वपक्षीय राजनीतिक सभाबाट मात्र आएको संविधान मान्य : थापा

पुस २३,रोल्पा – नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले सर्वपक्षीय राजनीतिक सभाको माध्यमबाट मात्र जनताको संविधान सम्भव रहेको दाबी गरेका छन् । पहिचानसहितको संविधान आउनेमा आफ्नो पार्टीलाई विश्वास नरहेको बताउँदै महासचिव थापाले संविधानसभा विघटन गरी सर्वपक्षीय राजनीतिक सभाबाट देशलाई निकास दिनुपर्नेमा जोड दिए ।

पार्टी प्रशिक्षणका सिलसिलामा रोल्पा आउनुभएका उहाँले आज सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा बोल्दै भने “देशमा अन्तरविरोध र सङ्कट चर्किंदै गएको छ, भविष्यमा ठूल्ठूला आन्दोलन हुने सङ्केत यसले देखाएको छ र उक्त आन्दोलनकोे नेतृत्व हाम्रै पार्टीले गर्नेछ ।” एमाओवादीले समाजवादी क्रान्तिको अडान छोडेर आए एकता हुनसक्ने उल्लेख गर्दै उहाँले नेत्रविक्रम चन्दको अपरिपक्वताले पार्टी छोडेर हिँडेको टिप्पणी गरेका छन् ।