सहमति नभए संविधानसभाबाटै मुठभेड सुरु हुन्छ- प्रचण्ड

पुस २० , काठमाडौं -लामो समयदेखि बहुमतबाट नभई दलबिचको आन्तरिक सहमतीबाट संविधानको रटान लगाउँदै आएको एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले संविधानसभामा हुन सक्ने सम्भावित मुठभेडबारे विर्मश थालेको छ ।

मोर्चाले आज संविधानका विवादित विषयमा ९ बुँदे साझा अवधारणा समेत बनायो । उसले दलहरुबीच जारी सहमतिको प्रयास सफल हुन नसकिरहेका बेला सडक आन्दोलनमा रहेको मोर्चाको बैठकमा मुठभेडको आँकलन गर्न समेत सुरु गरेको छ । बैठकमा मोर्चाका संयोजक प्रचण्डले सत्तासाझेदारसँगको छलफल सकारात्मक भए पनि ठोस सहमति भइनसकेको बताए । उनले भोलीसम्म सहमति नभए संविधानसभाले एउटा प्रक्रिया अघि बढाउने भन्दै उनले कांग्रेस र एमालेले पेलेर जान खोजे मुठभेड हुने बताए । उनले भने यसैबिच पहिलो मुठभेड संविधानसभामा नै हुन्छ ।