विश्वकप कबड्डीमा नेपालले जित्यो कास्यपदक

पुष २०,पथरी- चरम आर्थिक अभावको सामना गर्दै चन्दा उठाएर विश्वकप कबड्डीमा सहभागी मोरङबाट गएको टोलीले कास्यपदक हात पारेको छ । कबड्डीका प्रशिक्षक उपेन्द्र बले फोनमार्फत दिएको जानकारीअनुसार भारतको हरियाणामा भइरहेको विश्वकपमा नेपाल प्रतिस्पर्धामा मलेसियासँग पराजित भएर तेस्रो स्थानमा खुम्चिनु परेको थियोे ।

यसअघि दुई विश्वकपमा रजत पदक ल्याएको टोलीको उपलब्धि खस्केको प्रशिक्षक यादवको भनाइ छ । सो विश्वकपमा नेपालसहित ४० देशका खेलाडीको प्रतिस्पर्धा थियो ।