उपत्यकामा आजदेखि महिलाका लागि छुट्टै बस संचालन

पुष २०, काठमाडौँ- वागमती यातायात व्यवसायी संघले आजदेखि काठमाण्डु उपत्यकाको विभिन्न ठाउँमा महिला यात्रुहरुका लागि मात्र बस सेवा शुरु गरेको छ । विभिन्न सरकारी कार्यालय तथा अरु धेरै कार्यालय पर्ने रुटमा अहिलेका लागि कार्यालय समय बिहान र बेलुका बस चलाउने संघका अध्यक्ष भरत नेपालले जानकारी दिनुभयो ।

सार्वजनिक यातायात भित्र महिला यात्रुमाथि दुव्र्यहार हुने गरेको भन्दै त्यसलाई न्यूनकरणका लागि एउटा उपायका रुपमा यस्तो सेवा शुरु गरिएको उहाँले बताउनुभयो । यो सेवाको अहिले बिहान ९ बजे कलंकीमा उद्घाटन गरिने भएको छ । शुरुमा ४ वटा गाडी कलंकीदेखि, कालीमाटी, त्रिपुरेश्वर, बानेश्वर, कोटेश्वर हुँदै कौशलटारबाट बालकोट र त्यही रुटमा फर्किने जनाइएको छ ।