पेनक्याक साइलेटमा चार खेलाडीले सहभागीता जनाउने

पुष २०, काठमाडौँ- थाइल्यान्डमा हुने सोह्रौँ अन्तर्राष्ट्रि«य पेनक्याक साइलेट च्याम्पियनसिपमा नेपालका चार खेलाडीले भाग लिने भएका छन् । नेपाल पेनक्याक साइलेट मार्सल आर्टस सङ्घका अध्यक्ष लायन टी ठकुरीले विश्वमा गौरव बढाउने उक्त खेलमा सहभागी हुने खेलाडीको व्यवस्थापन गर्न आर्थिक तथा व्यवस्थापकीय वातावरण तयार नभएकामा असन्तुष्टि प्रकट गर्नुभयो । प्रतियोगितामा रुद्रबहादुर लिम्बू, शेखर लिम्बू, विमल राई र नवीन राई तथा एक अधिकृतको सहभागिता रहने जनाइएको छ ।