साझा प्रकाशन बन्द

पुस १६, इलाम – व्यवस्थापन लापर्बाहीका कारण धरासयी बन्दै गएको साझा प्रकाशनको अस्तित्व सङ्कटमा परेको छ । आर्थिक अवस्था कमजोर भएर थेग्न नसकिएको भन्दै ४१ वर्षे पुरानो शाखा बन्द गर्न लागिएको हो । इलामको शाखा बन्द गरेर झापाको विर्तामोड सार्न थालिएको छ । सस्तो मूल्य र सुलभ तवरमा पुस्तक उपलब्ध गराउँदै आएको साझा बन्द हुने भएपछि स्थानीयवासी चिन्तित छन् । आन्तरिक झमेलाले अन्य प्रकाशनस“ग प्रतिस्पर्धा गर्न नसकेपछि प्रत्यक्ष नोक्सानी साझालाई छ ।

अघिल्लो वर्ष यो शाखाबाट करिब रु ६० लाखको पुस्तक बिक्री भएकामा गत आवमा रु १० लाखको पनि बिक्री हुन सकेन । “लामो समयदेखि यहा“ सेवा दिँदै आएको शाखा सर्नुमा आन्तरिक कारणसहित यहा“का बासिन्दाले पनि यसको महत्व बुझ्न नसक्नु हो”, प्रमुख घिमिरेले भन्नुभयो, “आन्तरिक समस्या समाधान गर्दै नया“ व्यवस्थापन भएर पुरानै ढङ्गमा संस्था चल्नेमा आशावादी छौँ ।” साझा प्रकाशनले गर्दै आएका छपाइका काम निजी क्षेत्रलाई दिन थालेपछि साझा प्रकाशनको आर्थिक सङ्कट सुरु भएको हो । मुख्य आम्दानीको स्रोत सामुदायिक विद्यालयका पुस्तक वितरणको जिम्मा पछिल्लो समय साझालाई ठूलो सङ्कट परेको हो । साझाले नौ प्रतिशतमात्र छुट दिने तर अन्य प्रकाशनले १५ देखि २५ प्रतिशतसम्म छुट दिने गरेकाले पनि साझाबाट विद्यालयका पुस्तक बिक्री हुन छाडेका हुन् ।