काँग्रेस भन्छ जसरी हुन्छ, माघ ८ मै संविधान


पुस १६ , काठमाडौं -संविधानसभाको ठुलो दल नेपाली कांग्रेसले जसरी भए पनि निर्धारित समयमा जसरी भए पनि संविधान जारी गर्ने निष्कर्ष निकालेको छ । उसले भनेको छ बरु नियमावली संशोधन गर्नु परे त्यो पनि गर्ने । बुधबार बसेको पदाधिकारी बैठकले अझै पनि भरसक सहमती मानै, सहमती नभए प्रक्रियामार्फत् संविधान जारी गर्नुपर्ने निर्णय गरेको प्रवक्ता दिलेन्द्र प्रसाद बडुले बताए । यसैबिच पदाधिकारी बैठकको निर्णय अनुसार कार्यव्यवस्था समितिको बैठकमा कांग्रेस नेताहरुले नेम्वाङलाई त्यसकालागि प्रभावकारी भूमिका खेल्न समेत आग्रह गर्ने छन् ।