समयमा संविधान माग गर्दै शीर्ष नेतालाई युवासभासदहरुले दवाव दिने

पुस १६ , काठमाडौं  – समयमा नै संविधान जारी हुने छनक नदेखिएको भन्दै युवा सभासदले समयमा नै संविधान माग गर्दै दबाब दिने भएका छन् । सत्तासाझदार दलका युवा सभासदहरुले माघ ८ मा नै संविधानको मस्यौदा मात्रै भए पनि जारी गराउनका संविधानसभाभित्रै दवाव सृजना गर्ने उदेश्यले धर्ना, अनसन एवं शीर्ष नेताहरुलाई घेराउ गर्नेसम्मका दबाव अभियान सञ्चालन गर्ने बताएका छन् ।
५० वर्षभन्दा कम उमेर समूहका सभासदहरुको भेलाले पुस २५ गते सभासदको वृहत भेला गरेर दवाव कार्यक्रम तय गर्ने निणर्य गरेको छ । शीर्ष नेताहरुका कारण नै संविधान असफल हुन लागेको भन्दै युवा सभासदहरुले दवाव अभियान ल्याउन लागेको सभासद गगन थापाले बताए