बैद्यको स्वास्थ्यमा सुधार, प्रधानमन्त्रीले लिए स्वास्थ्य अवस्थाको जानकारी

पुष १६ ,काठमाडौँ – ज्वरो, रुघा९खोकी र दमको समस्याले एक्कासी समातेपछी नर्भिक अस्पतालमा उपचार गराइरहेका नेकपा९माओवादीका अध्यक्ष मोहन वैद्य किरणको स्वास्थ्यमा अहिले सुधार आएको छ । दुई दिन अघि एक्कासी १०२ डिग्री ज्वरो आए पछि उनी थलीएका थिए । तर अहिले वैद्यको स्वास्थ्यमा सुधार आएको अस्पताललाई उद्धित गर्दै प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् । प्रवक्ता भुषालका अनुसार बैद्यको छातीको संक्रमण ९कडा खोकी० निकै कम भएको, खाना रुचीमा सुधार आएको र रक्तचाप, हृदय गति, श्वास९प्रश्वासको गति पनि सामान्य बन्दै गएको छ । सुधारको गति अपेक्षाकृत रहेमा बैद्यलाई १९२ दिनमै डिस्चार्ज गर्न सकिने असपतालले जनाएको छ ।
यसैबीच प्रधानमन्त्री सुशील कोइराला बुधबार दिउँसो नर्भिक अस्पताल पुगेर नेकपा९माओवादीका अध्यक्ष मोहन बैद्यलाई भेटका छ्न् । कोइरालाले बैद्यको स्वास्थ्य अवस्थाको बारेमा स्वास्थोपचारमा संलग्न चिकित्सकहरुसँग जानकारी लिएको प्रवक्ता भुषाले बताइन् ।