वार्ता र आन्दोलन सँगसँगै, हड्ताल फिर्ता हुँदैन : सात दल

पुष १६ ,काठमाडौँ – दलहरुले विगतमा बताउँदै आएको संविधान जारी गर्ने भनिएको समय माग ८ नजिकिँदै जाँदा सत्तापक्ष र प्रतिपक्षि दलहरुबिचको दुरी बढ्दै जान थालेको छ ।

सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले प्रक्रियामा गएर भए पनि नयाँ संविधान ल्याई छाड्ने बताइरहेका बेला प्रमुख प्रतिपक्षी सहितका केही दलहरुले आन्दोलनलाई थप बलीयो बनाउने बताएका छन् । आज राजधानीमा बसेको विपक्षी सात दलको बैठकले जनचाहना विपरितको संविधान बनाउने तयारी गरेको भन्दै सशक्त आन्दोलन गर्ने निर्णय गरेको माओवादी प्रवक्ता दिनानाथ शर्माले बताए । बैठकमा एमाओवादी, मधेसवादी लगायत विपक्षी दलका नेताहरु सहभागी थिए ।संविधानसभा भित्रका १९ र बाहिरका ११ दलले संयुक्त मोर्चा बनाएर १९ पुसदेखि माघ ५ गतेसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम तय गर्दै छन् ।