पुस १७ गते दोस्रो प्रस्तावितनेपालीपोशाकदिवस मनाइँदै

पुष १४, काठमाडौ – काठमाडौमा आगामी पुस १७ गते दोस्रो प्रस्तावित नेपाली पोसाक दिवस हुने भएको छ । स्वामी राजानन्द असहाय कल्याणकारी संस्था नेपाल(श्रद्धावन)को आयोजनमा नेपाली साँस्कृतिलाई संक्रमणबाट जोगाउनका लागि नेपाली पोसाक दिवस मनाउनलागेको जानकारी दिइएको छ ।

श्रद्धावनका अध्यक्ष स्वामी राजानन्दले नेपाल विभिन्न साँस्कृतिक एवम् धार्मिक कुराले अत्यन्तै धनि देश भएकाले यसको संरक्षण एवम प्रर्वद्धन गर्नु आवाश्यकत्ता भएकाले आफूहरुले प्रस्तावित नेपाल पोषाक दिवसको रुपमा मनाउने तयारी गरेको बताउनु भएको छ । अभियानका निर्देशक सन्तोष घिमिेरले आफूहरुले गतवर्षमा पनि प्रस्तावित नेपाल पोषाक दिवस मनाएको उल्लेख गर्दै त्यसैको निरन्तरतामा यसवर्ष पनि दिवस मनाउने तयारी गरेको जानकारी दिनु भयो । विभिन्न साँस्कृतिक कार्यक्रमहरु सहित हुने कार्यक्रममा डा.योगी विकासानन्द प्रमुख अतिथी रहनुहुने छ ।