नेकपा–माओवादी अध्यक्ष वैद्य अस्पताल भर्ना

पुष १५,काठमाडौँ-नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य फोक्सोमा समस्या भएपछि  अस्पताल भर्ना भएका छन् । एक्कासी दम बढेपछि अध्यक्ष वैद्यलाई हिजो साँझ काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको प्रवत्ता पम्फा भुषालले जानकारी दिइन् । प्रवक्ता भुषालका अनुसार केही दिन लगातार चलेको पार्टीको बैठकका कारण भएको दौडधूमपछि बिरामी परेका वैद्यलाई अक्सिजन दिएर उपचार जारी राखिएको छ । चिकित्सकहरुले केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने सुझाव दिएको माओवादीले जनाएको छ ।